Thaha

Sunday 22 September - 3:24 am NST

भारतबाट आयात गरिएको ७० मेगावाट बिजुली राष्ट्रिय  प्रशारण लाईनमा जोडियो, लोडसेडिङ्ग कम हुने नहुने  अर्कोहप्तामात्र थाहा हुने

काठमाडौं, ७ फागुन । ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतबाट आयत हुने भनिएको ८० मेगावाट मध्य ७० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ  । बाँकी १० मेगावाट बिजुली आउन थप एकहप्ता लाग्ने भएको छ । अहिले प्रसारण लाइनको  प्ररिक्षण गर्दै विद्युत ल्याउनु पर्ने भएकाले नियमीत रुपमा बिद्युत आयात हुन एक हप्ता लाग्ने नेपाल विद्युत प्राधिरणका भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो । अस्तिरातिदेखि नेपाल विद्युत प्राधिकरणले परीक्षणका रुपमा भारतबाट १५ मेगावाट बिजुली आयात गर्न सुरु गरेको थियो । गएरातीसम्म ७० मेगावाट विजुली प्रसारण लाइनमा जोडिएपनि ८० मेगावट नै जोडिन समय लाग्ने प्रमुख क्षेत्रीले बताउनुभयो ।   १ सय ३२ केभि प्रशारण लाइनमार्फत पहिलो चरणमा बिजुली नेपालमा ल्याउन लागिएको हो । २ सय २० केभि लाइनको सब स्टेसन निर्माणको काम भइरहेको छ । भारतबाट विद्युत आयात भएपनि लोडसेडिङ कटौती गर्ने कुरामा अहिले केहि भन्न नसकिने क्षेत्रीले बताउनुभयो । एक हत्तासम्म आयातित विद्युतको परिक्षण भएपछि मात्रै अहिले भइरहेको लोडसेडिङको तालिका केहि हेरफेर हुन सक्ने प्राधिकरणले जनाएको छ ।